4 Apr 2015

बर्थडेको भोज

लेख्ने विषय त होईन होला तर पनि लेख्न मन लग्यो। अचम्म मान्नुपर्ने कुरा त थिएन होला तर पनि अचम्म लाग्यो। 2071-12-21 गते दिनको ३ बजेको हुँदो हो म गौशालाबाट सार्वजनिक बसमा चढेर आफ्नो बासस्थान बालकुमारीतर्फ आइरहेको थिएँ। एयरपोर्ट अगाडि दुईजना नेत्रहीन व्यक्तिहरूले आफ्नो हात माथि उठाएर गाडी रोक्ने कोशिश गरिरहेका थिए। म चढेको गाडीको चालकले बसको गति कम गरे। ढोकाबाट गाडीको स्टाफले घोक्रो सुकाउँदै कराए " कहाँ जाने ?" उनीहरूले तुरुन्त उत्तर दिए " बालकुमारी "/ एनकेन प्रकारेण गाडीको स्टाफले सहारा दिएर उनीहरूलाई बसभित्र चढाए। उनीहरूको प्रवेश सगैँ बसभित्र "ठुस्स" जाँडको गन्ध पनि प्रवेश गर्यो। उनीहरू अपाङ्ग बस्ने सिटमा बसिसकेका थिए। उनीहरूलाई देखेर मलाई भने हाँसो र अचम्म दुवै लागिरहेको थियो। ढोका छेउका सिटमा बसेका महिलाहरूले आ-आफ्नो नाक थुने। दुई मध्ये एकले भन्दै थिए " साथीको बर्थडेको भोज खाएर आएको। " बालकुमारी आएपछि बसको गति पून कम भयो। उनीहरू बसबाट ओर्लिए।



(माफ गर साथी हो।)


No comments:

Post a Comment