20 Mar 2020

नेपाली सेनाले प्रदेश नम्बर एकमा ४ सय सैयाको क्वारेन्टाइन तयार

(COVID-19) को संक्रमणलाई ध्यानमा राखी नेपाली सेनाले प्रदेश नम्बर एकमा ४ सय सैयाको क्वारेन्टाइन तयार पारेको छ। प्रदेश सरकारको समन्वयमा तीन ठाउँमा झन्डै साढे चार सय क्षमताको क्वारेन्टाइन बनाएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो। बुधबार नै नेपाली सेनाको ईटहरीस्तिथ पूर्वी पृतनाले मोरंग जिल्लाको टाँडीमा क्वारेन्टाइनको लागि १ सय २ ओटा टेन्ट बनाएको छ। हरेक टेन्टमा २ ओटा बेड हुने भएकाले टाँडीमा मात्र २ सय ४ जनालाई राख्न सकिने छ। झापाको चंद्रगढ़ीस्तिथ कृषि तालीम केन्द्रमा पनि ४० बेडको क्वारेन्टाइन तयार भएको छ। त्यस्तै उदयपुरको बेलसोतस्तिथ नम्बर एक बिकाश गणको भवनमा पनि २ सय क्षमताको क्वारेन्टाइन शनिबारसम्म तयार हुने पाण्डेले बताउनु भयो।  

18 Mar 2020

सलाम छ नेपाली सेनालाई


नेपाली सेनाले कोरोनाभाइरस (COVID-19) नियन्त्रणसम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको / हाल विश्वमा फैलिईरहेको कोरोना भाईरसको जोखिमलाई मध्यनजर राखि मिति २०७६ चैत्र ०४ ०५ गते जंगी अड्डा परिसरमा नेपाली सेनाका विभिन् युनिटहरुमा कार्यरत सकलदर्जालाई सहभागी गराई संचालन गरिएको कोरोना भाईरस (कोभिड-१९) सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जंगी अड्डा परिसरमा अस्थायी टेन्टहरु खडा गरी नेपाली सेनाका (५० जना स्वास्थ्यकर्मीहरु तथा विभिन्न युनिटहरुमा कार्यरत १३१ जना गरी जम्मा १८१ जना) सकलदर्जा सहभागी गराई संचालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा कोरोना भाईरस (कोभिड-१९) सम्बन्धी जानकारीमूलक कक्षा संचालन गर्नुको साथै Quarantine Set up, Water Purification, Waste Management, Electric & Plumbing Management, Field Latrine, Infection Prevention & Control तथा कोरोना भाईरस (कोभिड-१९)
विरुद्ध रोकथामका उपायहरु सम्बन्धी सैदान्तिक तथा व्यवहारिक ज्ञान दिलाईएको थियो उक्त प्रशिक्षण कार्यक्रममा विश्व स्वास्थ्य संघको मापदण्ड अनुसार ५४ वटा टेन्ट खडा गरी वटा Cluster मा विभाजन गरी प्रत्येक टेन्टमा जना व्यक्ति रहने गरी तयार गरिएको थियो सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई कोरोना भाईरस (कोभिड-१९) सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरी आवश्यकता बमोजिम स्थानीय स्तरमा Quarantine Camp Set up गरी Infection Prevention & Control सम्बन्धी कार्य गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो/ नेपाल सरकारको निर्णय बमोजिम कोरोना भाईरस (कोभिड-१९) को उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न नेपाली सेना प्रतिवद्ध रहेको आजका दिनसम्म एक जनालाई मात्र कोरोना संक्रमण देखिएको तर ती व्यक्ति पनि ठीक भईसकेका छन्।यो लिंकमा गएर COVID-19 को बारेमा जानकारी लिन सकिन्छ। https://www.worldometers.info/coronavirus/                                                           
(फोटो र समाचार : https://www.nepalarmy.mil.np/ बाट )

15 Mar 2020

भारतले सीमा अतिक्रमण गरेर गाडेको सीमास्तम्भ भत्काउदै

०२/१२/२०७६(15 March 2020)नेपाली भूमिमा नेपाल-भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै नेपाली कांग्रेसका नेता/कार्यकर्ताले कञ्चनपुर बेल्डाँडी गाउँपालिकामा सीमा स्तम्भ भत्काएका छन्।शनिबार(०१/१२/२०७६) का दिन कांग्रेस कार्यकर्ताले सहायक सीमास्तम्भ तोडफोड गरेका हुन्।उक्त सीमास्तम्भ केही दिनअघि नेपाल-भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका वडा नम्बर वैवाहमा सहायक सीमास्तम्भ ७८३/ निर्माण गरिएको थियो।शशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले कांग्रेस कार्यकर्ताले सीमास्तम्भ तोडफोड गरेको जानकारी दिए।नेपाली भूमिमा उक्त सीमास्तम्भ गाडिएको भन्दै कांग्रेस कार्यकर्ताले तोडफोड गरेछन्,’ उनले भने, ‘सो सीमास्तम्भ जोरबिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेका थिए गणपति साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषयभन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताए।तत्कालीन संविधानसभाका सदस्य बहादुरसिंह थापा, दिवान विष्ट कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए।केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो।  
फोटो-१ 
फोटो-२ 









(फोटो-: ईजलास डट कम बाट)
(फोटो- :सेतोपाटी डट कम बाट)
(समाचार साभार:सेतोपाटी डट कम बाट)





13 Mar 2020

बाँसको पुल(Bamboo Bridge)

झापाको गौरिगंज -१ स्थित रंगियथान र झापा गाउँपालिका जोड्न कनकाई नदीमा संचालनमा ल्याईएको बाँसको पुल(Bamboo Bridge) . जसलाई स्थानीय अरुण मण्डलले निर्माण गरिदिएका हुन्। जुन २०७६ सालको लक्ष्मी पूजाको दिनबाट संचालनमा ल्याईएको हो।  





                                                                                           (साभार ईजलास डट कम बाट)

 

5 Mar 2020

पर्यटकीय स्थल "रौजा मजार"

महोत्तरी जिल्लाको बलवा नगरपालिकामा रहेको रौजा मजार पनि पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण स्थल हो। उक्त स्थल प्रदेश को अस्थायी राजधानी जनकपुरधामबाट १५ किलो मिटर पश्चिम महोत्तरीको धमौरामा छ। इस्लाम धर्माबलम्बीहरुका लागि रौजा मजार सरिफ आस्थाको केन्द्र हो।
विग्ही नदीको पश्चिम किनारमा रहेको सो मजारको इतिहास तीन सय वर्ष पुरानो रहेको स्थानीयवासीहरु बताउँछन्। इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिकस्थल भए पनि हिन्दु धर्म मान्नेहरू पनि यहाँ ठूलो संख्यामा पुग्ने गर्छन्। दैनिक रूपमा भाकल गर्ने भाकल पूरा भएपछि चादर चढाउने श्रद्धालुमा कुनै एक धर्मको मात्र नभई सबै धर्म मान्नेको संख्या उल्लेख्य रहने गर्छ।
नेपाल बाइसे तथा चौविसे राज्यमा विभाजित भएको समयमा भारतको राजस्थानमा पर्ने अजमेरबाट तीन जना वली अर्थात अल्लाहका भक्तहरु बाबा गदाअली शाह, बाबा रहम अली शाह बाबा वहार अली शाह फकिरको रुपमा त्यहाँ आएको बताइन्छ। मिथिला क्षेत्रमा बसोबास गर्ने मुस्लिम सुमदायलाई धार्मिक शिक्षा तथा धर्म सम्बन्धी जानकारी दिने उदेश्यले भारतको राजस्थानस्थित बाबा खाजा अजमेरीले उनीहरुलाई पठाएको हुनसक्ने ईस्लाम धर्माबलम्बीहरुको मान्यता छ।
यहाँ नेपाल तथा भारतका विभिन्न स्थानबाट दैनिक सयौँको संख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन्। खासगरि सोमबार बिहिबार भक्जतन पुग्ने गर्छन्। श्रद्धालु भक्तजनहरुले कुखुरा, बोकासमेतको बली दिने गर्छन्। हरेक प्रत्येक वर्ष चैत महिनामा बाबाको मजारमा उर्ष जलसा (धार्मिक प्रवचन) भव्य रुपमा मनाइने गरिन्छ। जसमा दुई लाखभन्दा बढी भक्तजनहरुको सहभागि हुने गरेको मजार समितिको भनाइ छ। उक्त अवसरमा श्रद्धालु भक्तजनहरुले करिब १० हजार बोका, १५ हजारभन्दा बढी कुखुराको बली दिने गरिन्छ।
 (साभार : देश संचार डट कम बाट)