वय हो सोह्र सत्रैको खेल हो दिब्य ईशको
व्याख्या गर्न कहाँ सक्नु रूप नै पूर्ण चन्द्रको /
(१ )
उषाको कलिलो लाली जब पर्छ मुहारमा
टल्कन्छ स्वर्ण झल्का नै पर्दा शीत प्रशूनमा /
(२ )
थाली भरि छ है ऐले धूप बत्ती प्रसादले
पूजा गर्छिन् सधैं आई भक्ति भाव सुवासले /
(३ )
दीप बाल्छिन् बनी ध्यानी श्रद्धा प्रेम सुभावले
खुशी बाड्छिन् खुशी बन्दै अर्ध मुदित नेत्रले /
(४ )
ओठमा खेल्छ मुस्कान लगाई फूल चन्दन
पूर्ण -पूर्ण सबै लाग्छ देखेर प्रेम नन्दन /
(५ )
१७ जेठ २०७१, IMAGE NEWS 103.6 F.M.बाट प्रसारित।

No comments:
Post a Comment