तिम्रो चुलबुले बानी बालकको सामान छ
लागेन कहिले झर्को लाग्यो आनन्द दायक /
(१ )
नियालेर न ता मैले हेरें तिम्रो मुहारमा
लाजवन्ती तिमी उस्तै कहाँ सक्यौ र हेर्न नै /
(२ )
न बोल्यौ धेर खै त्यस्तो न बस्यौ है समीपमा
लुकिचोरी परैबाट हाँस्दै हेर्ने मुहारमा /
(३ )
पहिलो भेट खै कस्तो , कस्तो अचम्म चालको
दुंगो खस्दा छछल्किञ्छ पानी समेत तालको .
(४ )
नमेटे नेत्रले प्यास नभेटे त्यो निवास नै
दुवैतर्फ चिसो राख्दा कहाँ उठ्छ र ताप नै /
(५ )
No comments:
Post a Comment