सुधाको घडा नै उठायौ तिमीले
कहाँ बोक्न सक्यौ फुटायौ तिमीले /
(१ )
न माया छ सस्तो न बिक्री गरिन्छ
उधारो कुरा झैं बिकायौ तिमीले /
(२ )
थियो आस धेरै बनायौ निराश
लगाएर नाता टुटायौ तिमीले /
(३ )
न आनन्द पायौ रुवाएर प्रेमी
बरू ती पराई हँसायौ तिमीले /
(४ )
१ चैत्र , २०७० रेडियो मैत्री नेटवर्कबाट प्रसारित।
No comments:
Post a Comment