2 Aug 2015

रुप्पाटोलको ताडी र तीननम्बरको जाँड

श्रावणको महिना, धर्म कर्ममा विस्वास गर्नेहरू " बोल बम" भन्दै तिर्थतिर लागे भने म हानिएँ आफ्नो गाउँ मोरंग जिल्लाको झुर्कियातिर। काठमाडौँ मा बसेपनि गाउँ सम्झने बित्तिकै मनमा एककिसिमको आनन्द संचार हुन्छ / आफ्नो वालापन याद आउँछ / अहिले पनि प्राय ती रूखहरू ठाडै छन् जसमा हामी चड्ने गर्थ्यौं / फूटबल खेल्ने खेतका गह्राहरू अहिले पनि जस्ताको त्यस्तै छन् / बिरसिंह हस्दा दाइको खेतमा भएको फूटबल म्याचमा कपरसुकालाई हराएर उपादी स्वरूप ''कुखुराको भाले'' जीतेर ल्याउँदा लगाएको नारा" किप्पर कस्तो - चुम्बक जस्तो'' ब्याक्की कस्तो - भित्ता जस्तो'' अहिले पनि ताजै भएर आउँछ/ यो म्याचमा सागर कोइरालाले कर्नरबाट प्रहार गरेर गोल गरेका थिए / रुप्पाटोलमा ताडी (सुपाडीको जस्तो बोटमा फल्ने लामा र मोटा कोसाबाट निकालिने रस ) र तीननम्बरमा जाँड खान जाने खेतका आली ताछिएर पातला भएपनि अहिलेसम्म उभिएकै छन् / कार्तिकको चिसो महिनामा रातभर जाग्राम बसेर पुर्वटोलमा "राम लीला'' कंशबध '' राजा हरिषचन्द्र'' नाच हेरेको कसरि बिर्सन सकिदोरहेछ र / कुडेली,पैयाँमारी,सिजुवा अनि हाम्रो गाउँमा पालेका पोथी हात्तीहरूलाई गर्भादान गर्न आउने भाले हात्ती (कसैले गणेश महाराज भन्थे भने कसैले बहुला हात्ती )लाई माटाको डल्लाले हिर्काउँदै बैशाख-जेठका टन्टलापुर घाममा खेतका आली-आली (कान्ला-कान्ला) दगुरेको / असार-श्रावणको गर्मीमा भगिरथ ताजपुरिया दाइको यो पोखरीमा कसले पौडी खेलेन होला र? पोखरीको वीचमा रहेको काठको किल्लामा को अगाडि पुग्ने बाजी नै पर्थ्यो / तर दूर्भाग्य हाम्रोभन्दा पछिल्लो पुस्ताका भाइ नारायण पौडेलको यस पोखरीमा पौडी खेल्दा-खेल्दै दुखद निधन भएपछि सबैको पौडी मोह भङ्ग भएको थियो /


13 Jul 2015

मौकामा चौका

मौकामा चौका हान्न कसैले बाँकी राख्दैन। यस्तै मौकामा चौका हाने यी गुरुजीले पनि। रोकेको बसमा गुरुहरुले चुरोट  तानेको त देखेको हो तर गुड्दै गरेकोमाचै थिएन। बस थियो चक्रपथ परिक्रमा  गर्ने। अनौठो  लाग्यो। फोटो नलिकन सकिन।

7 Jul 2015

यसो गर्नसके कसो होला


गर्मीयाममा होस् वा अरू कुनै समारोहमा होस् हामी पेय पदार्थको रूपमा कोक, फेन्टा, पेप्शी, आदि प्रयोग गर्ने गर्दछौं / यसरी हामीले प्रयोग गरिसकेका प्लास्टिकका बोतलहरूलाई फ्याल्ने गरेका छौं / तर अबदेखि यसलाई फ्यालेर होईन कलात्मकरूपले विभिन्न सामग्री बनाएर प्रयोगमा ल्याउन सक्छौं / अझ भन्ने होभने थोरै लगानी गरेर आफ्नो घरबाट नै व्यवसाय संचालन गर्न सक्छौं  र प्रशस्त मात्रामा फाईदा गर्नसक्छौं / यो एकपटक हेरौं त .....  बनाउने विधि पनि यहीं नै छ /
                                                                   

                                     
                                                                                 

                                                                                                                                                                                                                                                                                                                   
                                                                             




4 Apr 2015

बर्थडेको भोज

लेख्ने विषय त होईन होला तर पनि लेख्न मन लग्यो। अचम्म मान्नुपर्ने कुरा त थिएन होला तर पनि अचम्म लाग्यो। 2071-12-21 गते दिनको ३ बजेको हुँदो हो म गौशालाबाट सार्वजनिक बसमा चढेर आफ्नो बासस्थान बालकुमारीतर्फ आइरहेको थिएँ। एयरपोर्ट अगाडि दुईजना नेत्रहीन व्यक्तिहरूले आफ्नो हात माथि उठाएर गाडी रोक्ने कोशिश गरिरहेका थिए। म चढेको गाडीको चालकले बसको गति कम गरे। ढोकाबाट गाडीको स्टाफले घोक्रो सुकाउँदै कराए " कहाँ जाने ?" उनीहरूले तुरुन्त उत्तर दिए " बालकुमारी "/ एनकेन प्रकारेण गाडीको स्टाफले सहारा दिएर उनीहरूलाई बसभित्र चढाए। उनीहरूको प्रवेश सगैँ बसभित्र "ठुस्स" जाँडको गन्ध पनि प्रवेश गर्यो। उनीहरू अपाङ्ग बस्ने सिटमा बसिसकेका थिए। उनीहरूलाई देखेर मलाई भने हाँसो र अचम्म दुवै लागिरहेको थियो। ढोका छेउका सिटमा बसेका महिलाहरूले आ-आफ्नो नाक थुने। दुई मध्ये एकले भन्दै थिए " साथीको बर्थडेको भोज खाएर आएको। " बालकुमारी आएपछि बसको गति पून कम भयो। उनीहरू बसबाट ओर्लिए।



(माफ गर साथी हो।)