न हाँसो कसैले मलाई दिए है
निभाए कहाँ खै जलाई दिए है।
(१ )
पराया हुनेले नभेटे नि जाति
थियो शान्त पानी चलाई दिए है।
(२ )
रसाएर आँखा भिजे है परेला
खुशी दिन्छु भन्दै रुवाई दिए है।
(३ )
कि ऊ मात्र छे, या छ भट्टी त साथी
कहाँ सक्छु रोक्न पिलाई दिए है।
(४ )
न प्रेम छ मीठो, न रक्सी छ मीठो
न चाख्नै छ राम्रो चखाई दिए है।
(५)
१ चैत्र , २०७० रेडियो मैत्री नेटवर्कबाट प्रसारित।
Wa wa Wa Wa wa wa@of Wa wa wa wa Wa wa wa!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
ReplyDeleteNice Ghazal ......
ReplyDelete