साँझको करिब ६ बजेको थियो। रत्नपार्कका सडक व्यापारीहरूले सडकको पेटी सामानले भरेका थिए। बटुवाहरूलाई पेटीमा हिँड्न गाह्रो भइरहेको थियो। सडक व्यपारीहरू हातमा सामान देखाएर ठूलो-ठूलो आवाजमा कराईरहेका थिए रू १५०-१५० भन्दै। कोही घडी देखाउँदै थिए, कोही टि-शर्ट देखाउँदै थिए भने कोही बेल्ट देखाउँदै थिए। तर उनीहरूका आँखा चारैतिर दौडिरहेका थिए। मनमा डर थियो कतै प्रहरी आएर आफ्नो सामान लिएर जाने त होईन ? किनभने सरकारले सडकपेटीमा व्यपार गर्न मनाही गरेको थियो।व्यवस्थित शहर बनाउन यो आवस्यक पनि थियो। तर सरकारी यो नीतिले उनीहरूको रोजगारीमा तुसरापात पारेको थियो।हात-मुख जोडन गाह्रो परिरहेको थियो। धेरै पैसा लगानी गरेर ठूलो व्यवसाय गर्न सक्ने क्षमता उनीहरूमा छैन। उनीहरूले सरकार बिरुद्ध नारा, जुलुश तथा बिरोध प्रदर्शन पनि गरे। तर त्यसको सरकारी पक्ष बाट कुनै सुनवाई भएन। सरकारको आदेशलाई उलंघन गर्दै उनीहरूले पसल थाप्दै आइरहेका थिए।
एकाएक वातावरण आतंकित बन्यो । प्रहरी देख्नासाथ हतार-हतार सबैले आ-आफ्ना सामान उठाएर दगुर्न थाले। व्यपारीहरुले प्रहरीलाई गाली-गलौज गर्न थाले। दुई समूहवीच घम्सा-घम्सी भयो। अन्त्यमा सडक व्यपारीहरू तीतर -बितर भए। केही समय पस्चात वातावरण शान्त भयो। यस्तो अवस्था कहिलेसम्म जारी राख्ने हो ? यो समस्याको समाधान कसरी गर्ने ? दुवै पक्ष बसेर यसको वैकल्पिक उपाय तुरुन्त निकाल्नु पर्ने हुन्छ। अन्यथा यसले जटिल अवस्था निम्त्याउन सक्छ।

No comments:
Post a Comment