5 Mar 2020

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने "हारम" फूल

सिरहा जिल्लामा रहेको सलहेश फूलबारी पर्यटकका लागि महत्वपूर्ण स्थल हो। यो स्थान लोक नायक सलहेश वर्षको एक दिन मात्रै फु ल्ने हारमको फूलका कारण प्रख्यात रहेको छ।सलहेश फूलबारीको मध्यभागमा रहेको हारम नाउँको रुखमा प्रत्येक वर्ष नयाँ वर्षको पहिलो दिन सेतो रंगको माला आकारको फूल एक दिनका लागि फूल्ने गर्छ।अच्चमको कुरा के भने नयाँ वर्षको पहिलो दिन फूल्ने उक्त फूल सोही दिन बेलुकीपख ओइलाएर जान्छ। सोही फूल हेर्नलाई प्रत्येक वर्ष वैशाख गतेका दिन त्यहाँ ठूलै मेला लाग्ने गर्छ।सिरहा जिल्लाको लहान बजारदेखि किलोमिटर पश्चिम पडरिया चोक नजिक रहेको सो फूलबारी नौ विघा क्षेत्रमा फैलिएको छ। उक्त फूलबारी दुसाध दनुवार जातिका इष्ट देवता सहलेशको फूलबारीको रूपमा प्रसिद्ध रहेको . फूलबारीको मध्यभागमा रहेको हारमको बोटमा छैठौँ सातौँ शताब्दीदेखि सो फूल फूल्दै आएको विश्वास गरिन्छ।हरामको बोटमुनि लोकदेवता सहलेस तथा मालिनीको गहबर रहेको छ। गहबरमा सहलेस मालिनीको भव्य मूर्ति छ। मन्दिरको पछाडी इनार बालीगंगा नदी बग्ने गरेको छ। मन्दिर पछाडी रहेको इनार कहिलेकाँही मात्रै देखिने गरेको त्यहाँका स्थानीयवासीहरु बताउँछन्।त्यहाँ गरेको भाकल पूरा हुने जनविश्वास रहँदै आएको छ। युवा युवतीहरु सो स्थानलाई प्रेमको प्रतिकको रुपमा लिँदै आएका छन्। जसले सो फूललाई साक्षी राखेर बिहे गर्छन् उनीहरुको दाम्पत्य जीवन सुखमय हुन्छ भन्ने मान्यता छ।राजा सलहेस लोकनायकको रुपमा परिचित थिए। आफ्नो वीरता तथा पुरुषार्थका कारण पूजनीय बनेका सलहेशसँग सम्बन्धित धेरै ऐतिहासिक स्थलहरू रहेका छन्, जसमध्ये सलहेश फूलबारी पनि एक हो। सलहेस एकैदिनमा मानिकदहमा स्नान गर्ने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा जनताको दुःख पीडा सुन्ने गर्थे भन्ने किम्बदन्ती रहेको छ।सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो। पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर सामैरले थाहा पाएपछि पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् भन्ने विश्वास छ।सलहेशलाई मनमनै मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको वैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किम्वदन्ती रहिआएको छ।
(साभार: देश संचार डटकम बाट)

No comments:

Post a Comment