(COVID-19) को संक्रमणलाई ध्यानमा राखी नेपाली सेनाले प्रदेश नम्बर एकमा ४ सय सैयाको क्वारेन्टाइन तयार पारेको छ। प्रदेश सरकारको समन्वयमा तीन ठाउँमा झन्डै साढे चार सय क्षमताको क्वारेन्टाइन बनाएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो। बुधबार नै नेपाली सेनाको ईटहरीस्तिथ पूर्वी पृतनाले मोरंग जिल्लाको टाँडीमा क्वारेन्टाइनको लागि १ सय २ ओटा टेन्ट बनाएको छ। हरेक टेन्टमा २ ओटा बेड हुने भएकाले टाँडीमा मात्र २ सय ४ जनालाई राख्न सकिने छ। झापाको चंद्रगढ़ीस्तिथ कृषि तालीम केन्द्रमा पनि ४० बेडको क्वारेन्टाइन तयार भएको छ। त्यस्तै उदयपुरको बेलसोतस्तिथ नम्बर एक बिकाश गणको भवनमा पनि २ सय क्षमताको क्वारेन्टाइन शनिबारसम्म तयार हुने पाण्डेले बताउनु भयो। 20 Mar 2020
नेपाली सेनाले प्रदेश नम्बर एकमा ४ सय सैयाको क्वारेन्टाइन तयार
(COVID-19) को संक्रमणलाई ध्यानमा राखी नेपाली सेनाले प्रदेश नम्बर एकमा ४ सय सैयाको क्वारेन्टाइन तयार पारेको छ। प्रदेश सरकारको समन्वयमा तीन ठाउँमा झन्डै साढे चार सय क्षमताको क्वारेन्टाइन बनाएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो। बुधबार नै नेपाली सेनाको ईटहरीस्तिथ पूर्वी पृतनाले मोरंग जिल्लाको टाँडीमा क्वारेन्टाइनको लागि १ सय २ ओटा टेन्ट बनाएको छ। हरेक टेन्टमा २ ओटा बेड हुने भएकाले टाँडीमा मात्र २ सय ४ जनालाई राख्न सकिने छ। झापाको चंद्रगढ़ीस्तिथ कृषि तालीम केन्द्रमा पनि ४० बेडको क्वारेन्टाइन तयार भएको छ। त्यस्तै उदयपुरको बेलसोतस्तिथ नम्बर एक बिकाश गणको भवनमा पनि २ सय क्षमताको क्वारेन्टाइन शनिबारसम्म तयार हुने पाण्डेले बताउनु भयो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment