

मानव ढुङ्गेयुगबाट बिकसितहुँदै आजको यो वैज्ञानिक युगसम्म आइपुगेको हो। यसबीचमा उसले अनेक संघर्ष, खोज र लगनशीलताबाट यो उपलब्धि हाँसिल गरेको हो। अन्यथा सम्भव थिएन। आज हामीले जे -जति वस्तु,सुबिधा उपभोग गरिरहेका छौँ यो सबै यसैको प्रतिफल हो। सामान्य टाउको दुख्दा सिटामोल, चराको खुट्टामा बाँधेर पठाउने चिठ्ठी अहिले फोन वा ईमेलबाट, धूलोमा लेख्नुपर्ने क-ख अहिले कम्प्युटरबाट, छाया नापेर वा कुखुरो कराउँदा पत्तालगाउने समय अहिले घडीबाट अनि रूखका बोक्रा लगाउने शरीरमा कपडाले स्थान लिईसकेको छ। तर यो कस्तो अपवाद। साईकलमाथि फलामको बाकशभित्र, पलास्टिकका बट्टामा जडीबुटीभन्दै बेच्दै हिँडेको।जडीबुटीलाई नकार्न सकिदैन तर स्वाथ्य संस्थाको स्वीकृती बिना यो सरासर गलत छ। ''
१०१ रोगका एकसे एक अौषधि'' भन्दै स्त्रीका स्तन घटाउने र बढाउने,योनीबाट सेतो पानी बग्ने, पुरुषका लिंगका साइज बढाउने, जण्डिस, मधुमेह,गानो-गोला, सम्पूर्ण रोगको अौषधि यहाँ पाइन्छ भन्दै माइकिंग गरेको। यसको कसरी विस्वास गर्ने? यसले मानवीय स्वाथ्यमा कस्तो असर पार्छ ? यो नबुझिकन यसको प्रयोगले अन्य समस्या उब्जाउँछ। त्यसैले शावधान। शावधान।।शावधान।।। खरीदकर्ताहरू।
No comments:
Post a Comment