नाच्छ पन्छी अहो, फुर्किएको किन ?
दुख्छ पीडा झनै,चर्किएको किन ?
(१)
हुन्छ बर्षा जसै पोल्छ छाती किन ?
मेघ गर्दै गुडुङ् दर्किएको किन ?
(२)
जून साक्षी थिए दृष्य हेर्थे रमी
प्रीत तोडी तिमी तर्किएको किन ?
(३)
बात धेरै भए रात धेरै कटे
सोम्य वाणी थियो झर्किएको किन ?
(४)
(श्रग्विणी छन्द)
१७ जेठ २०७१, IMAGE NEWS 103.6 F.M.बाट प्रसारित।
No comments:
Post a Comment