बाटो खाली छ, सुनसान छ। यो बन्द वा हडतालका कारणले होईन।हाम्रो देशमा केहि वर्ष अगाडिसम्म राजा, महाराजा थिए। उनीहरूको बेग्लै शान, रवाफ थियो। कतै सवारी हुनुपर्योभने सडक खाली गराएर मात्र सवारी चलाउथे। नागरिकहरूमा त्यसको मार पर्थ्यो तर अभिव्यक्त गर्न सक्दैनथे। जनता पीडा सहन बाध्य थिए। हाम्रा अग्रजहरू त्यो कुराको विरोध गर्थे। अहिले जनताको छोरा राष्ट्रको सर्वोच्च पदमा बिराजमान छन्। हिजो उनले जूनकुराको विरोध गरे आज त्यहिकुराको पुनरावृत्ति गरिरहेका छन्। कतै जाँदा सडक नै खाली गराएर। जबकि उनको सवारी साधन धेरै हदसम्म सुरक्षित हुन्छ।यसको प्रत्यक्ष असर सम्पूर्ण नागरिकमा पर्न जान्छ।उनले जनताको पीरमर्कालाई ख्याल गर्नुपर्ने हुन्छ। यदि इज्जत र सम्मान का लागि बाटो खाली गरेको होभने यसको उल्टो असर पर्नसक्छ।उनको यो कार्यले जनतामा कस्तो असर पर्छ, उनीप्रतिको धारणा कस्तो बन्छ ? हेक्का राख्नु आवस्यक छ।
No comments:
Post a Comment